झापा हल्दिबारीका युवकमा देखिएन कोरोना

विराटनगर । र्यापिड डाइग्नोस्टिक टेस्ट गर्दा पोजेटिभ रिर्पोट आएका झापा हल्दीबारीका युवकको पिआरसी बिधिबाट गरिएको परिक्षणमा नेगेटिभ रिर्पोट आएको छ ।

बुधबार झापामा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्टमा पोजेटिभ रिपोर्ट आएपछि थप परिक्षणका लागि उनी सहित उनको परिवारको स्वाब विराटनगर स्थित कोशी अस्पताल ल्याईएको थियो । विहीबार कोशी अस्पतालमा रहेको ल्यावबाट स्वाब परीक्षण गर्दा ती युवकमा कोरोना संक्रमण नदेखिएको अस्पतालले जनाएको छ ।

झापा स्वास्थ्य कार्यालयका महामारी फोकल पर्शन एव जिल्ला विपत्त व्यवस्था सहायता कक्षका सचिव जीवन चौलागाईका अनुसार ती युवा सहित उनका सात जना परिवार र ३ जना आफन्तको स्वाब परीक्षणका लागि बुधबार राती विराटनगर ल्याईएको थियो । अन्यको रिपोर्ट आउन बाँकी छ ।

Back to top button