
विराटनगर । झापाको हल्दिबारीका एक युवकमा गरिएको ¥यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको छ । बुधबार गरिएको परिक्षणमा कोरोनाको एन्टिबडि देखिएपछि थप परिक्षणका लागि स्वाब विराटनगर स्थित कोशी अस्पताल ल्याइएको छ । करिब एक महिना अघि दुबईबाट आएका ती युवक होम क्वारेन्टाईनमा बस्दै आएका थिए ।
हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्देनका अनुसार वाहिरबाट आएर क्वारेन्टाइन र होम क्वारेनटाइटमा बसेका करिब ६० जनाको र्यापिड टेष्ट गरिएको थियो । जसमा ती युवकको मात्र पोजिटिभ देखिएको हो ।
ती युवक सहित उनका परिवारको स्वाब बुधबार राती कोशी अस्पतालमा ल्याइएको र त्यसको रिपोर्ट विहिबार विहान मात्रै आउने कोशी अस्पतालले जनाएको छ ।