
विराटनगर । नेपाल सरकारले गठन गरेको कोरोना कोषमा जिल्ला अदालत मोरङका न्यायाधिस तथा कर्मचारीहरुले ३ लाख ९८ हजार १ सय ६७ रुपैयाँ जम्मा गरेका छन् ।
श्रेस्तेदार इश्वरमणी ओझाका अनुसार जिल्ला न्यायाधिसबाट सात दिनको तलब, उपसचिव र शाखा अधिकृतबाट ५ दिनको र नायव सुब्बादेखी कार्यालय सहयोगीबाट ३ दिनको गरेर रकम जम्मा गरिएको हो ।
त्यस्तै उच्च अदालत इलाम इजलासले पनि रकम जम्मा गरेको छ । केहिदिन अघिनै रकम जम्मा गरिउको श्रेस्तेदार नवराज दुलालले जानकारी दिए । उनका अनुसार १ लाख ७९ हजार रुपैयाँ जम्मा गरिएको हो ।