प्रहरीले दुख दिएको ग्यास बिक्रेताको गुनासो, व्यवहारमा सुधार नभए ग्यास नबेच्ने

विराटनगर । खाना पकाउने ग्यास (एलपीजी) को कारोबार गर्दै आएका मोरङका ग्यास बिक्रेताले प्रहरीले अनावश्यक दुख दिएको भन्दै यस्तै अवस्था रहे ग्यास बिक्री बन्द गर्ने चेतावनी दिएका छन् ।

लकडाउनको समयमा पनि सामाजिक दुरी कायम राख्दै उपभोक्ता समक्ष ग्यास पुर्याउन खटिएका बिक्रेतालाई गाली गर्दै मोरङका बिभिन्न स्थानमा प्रहरीले दुख दिएको उनिहरुको गुनासो छ ।

ग्यास बिक्रेता संघ मोरङले सोमबार एक सूचना प्रकाशित गर्दै प्रहरीले ग्यास व्यवसायीलाई गरेको व्यवहार प्रति संघको ध्यानाकर्ष भएको समेत जनाएको छ । संघले लकडाउनको बहानामा प्रहरीले व्यवसायीलाई हप्काउने र ग्यास पसल बन्द गर्न निर्देशन दिनुले सहज सेवामा खटिएका व्यवसायीको मनोवल घटेको जनाएको छ ।

संघले ग्यासको अभाव हुन नदिई सहज व्यवस्था गर्दा समेत धन्यवादको साटो नियम नमान्ने व्यवसायीलाई जसरीनै ग्यास बिक्रेतालाई प्रहरीले व्यवहार गरेकाले यस्तो व्यवहार नसचिए ग्यास पसल बन्द गर्ने जनाएको छ । ‘हामिलाई पनि स्वास्थ्यमा असर हुने थाहा हुँदा हुँदै पनि पसल खोल्ने रहर थिएन,’ संघका अध्यक्ष राज पोखरेलले भने ‘उपभोक्तालाई असहज नहोस भन्ने हाम्रो उदेश्य प्रहरीले बुझेन ।’

संघका सचिव सुर्यमान बज्राचार्यले प्रहरीको व्यवहारमा सुधार नभए मंगलबारबाटै सम्पुर्ण ग्यास पसल बन्द गर्न आफुहरु बाध्य हुने बताए । ‘हामि यस्तो सहेर कसरी बेच्ने ?’ उनले प्रश्न गर्दै भने ‘हामिले असहज भएर पसल बन्द गर्दा पर्ने समस्याको जिम्मेवार अब हामि हुनेछैनौँ ।’

Back to top button