नेपालीको नयाँवर्ष आजबाट सुरु, शुभकामनाका चर्चा धेरै, खर्च कम

काठमाडौ । हरेक वैशाख सङ्क्रान्तिदेखि शुरु हुने नयाँसाल आजदेखि शुरु भएको छ । विक्रमादित्यले शुरु गरेको विक्रम संवत अनुसार आजदेखि २०७७ साल शुरु भएको छ । सूर्यले ३६० डिग्री पूरा गरेर शून्य डिग्रीमा प्रवेश गरेका आधारमा विक्रम् सम्बत् लागू भएको नेपाली ज्योतिषहरुको भनाई छ ।

सोही सम्बत् अनुसार सरकारी कामकाजमा वि.सं. चलाउने नेपाल एक मात्र मुलुक हो । ज्योतिष पण्डित दीपक सुवेदीका अनुसार यो संवत् सूर्यको गतिका आधारमा तय भएकाले वैज्ञानिकता पुष्टि हुनुका साथै गणितीय हिसावले विश्वमा नै प्रभाव पार्दछ ।

नयाँ वर्षको पहिलो दिन वैशाख १ गते विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले नयाँ वर्षका रुपमा शुभकामना आदानप्रदान गरि हर्षोल्लासका साथ मनाउने चलन छ । यो दिन हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलतारअसफलता मूल्यांकन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्दछन् ।

सँधैजसो नयाँ नयाँ ठाउँमा भ्रमण गरेर, मन्दिरहरुमा दर्शन र पुजापाठ गरेर, होटल, रेष्टुरेन्ट, पार्कहरुमा भेला भएर मनाईने गरिएको यो नयाँवर्ष यसपटक भने कोरोना भाइरस महामारीको जोखिमका कारण घरभित्रबाटै शुभकामना आदान प्रदान गरेर मनाईँदै छ ।

यो वर्ष घरमै बसेर ईन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालमा धेरै शुभकामना आदान प्रदान गरिएकोले विगतमा भन्दा धेरै चर्चा छ । तर कोरोना संक्रमणको जोखिमका कारण विगत वर्षमा जस्तो घुमफिर एवं मेला महोत्सवमा सहभागी हुन नपाएकोले खर्च भने कम भएको छ ।

आफ्नो नजिकको मान्छेलाई आकर्षक उपहार दिने चलन रहेपनि योवर्ष उपहार दिन पनि पाएनन् । एक त भेटघाट हुन पाइएन, नजिक नजिक रहेको र भेटघाट सम्भव हुने भएपनि उपहार किन्ने पसलहरु बन्द भएको कारण उपहार साटासाट सम्भव भएन । यसका कारण पनि नयाँवर्षमा हुने खर्च कम भएको छ ।

नयाँवर्षको अवसर पारेर मानिसहरू नयाँ कामको थालनी पनि गर्न े चलन छ । त्यो थालनी पनि यो वर्ष कोरोनाको त्रासका कारण हुन सकेन । यसबाट पनि नयाँ वर्षमा हुने खर्च कम भएको छ । साथीभाइ एवं इष्टमित्रसँग भेटघाट गर्न नपाएपछि होटल, रेष्टुरेण्ट तथा नयाँ ठाउँमा घुमघामका लागि जान नपाउँदा खर्च भने कम भएको हो । नयाँ वर्षमा पशुपतिनाथ मन्दिरलगायत देशभरका मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि पहिला पहिलाका नयाँवर्षहरुमा जस्तो भीड पनि यस वर्ष लागेको छैन । पछिल्लो समय वैशाख १ गते पनि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरेको थियो ।

काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको संगममा रहेको वाग्द्वार ९वाग्मती नदीको उद्गम स्थल०, टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रा लगायत देशभर लाग्ने मेला यस वर्ष स्थगित गरिएको छ । मेला स्थगित गरिए पनि वैशाख १ गते हुने विशेष पूजा भने यथावत् रहने जनाइएको छ । विशेष पूजा भीडभाड नगरी पुजारीले मात्र गर्नेछन् । नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिने चलन भए पनि यस वर्ष कोरोनाका सन्त्रासका कारण चैत ११ गतेदेखि निरन्तर देशभर बन्दाबन्दी भएकाले मानिस घरमै बसेका छन् ।

Back to top button