ताप्लेजुङ सदरमुकाममा निशुल्क साग वितरण

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकामबासीलाई पाथीभरा क्षेत्र विकास समितिले शनिबार निशुल्क रायोको साग वितरण गरेको छ । लक डाउनकाबेला घरैमा बसिरहेका बजारबासीलाई सहयोग पुगोस भन्ने उद्धेश्यले रायोको साग वितरण गरिएको हो ।

पाथीभरा क्षेत्रमा पर्ने तल्लो फेदीका विष्णु पौडेलले निशुल्क प्रदान गर्नुभएको १४ सय ७५ मुठा साग पाथीभरा क्षेत्र विकास समितिले घर–घरमा नै पुर्याएर वितरण गरेको हो ।

सवारी साधन मार्फत घर घरमा पु¥याएर वितरण गरिएको पाथीभरा क्षेत्र विकास समितिका सदस्य गोपाल न्यौपानेले जानकारी दिए । सागको ढुवानी, वितरण लगायतका काममा पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्र्वद्धन समिति समेत सहभागी थियो ।

लक डाउनका कारण घर वरपर निस्कन नपाएका र को’रोना भाइरस संक्रमणको जोखिमले नजिकै लाग्ने हाटबजारमा निस्कन समेत डराईरहेका बजारबासीले घरैमा लेकमा उत्पादित हरियो साग पाउँदा खुसी व्यक्त गरे ।

निशुल्क साग वितरण गर्ने विष्णु पौडेलले ग्रामिण क्षेत्रमा भन्दा बजार क्षेत्रमा समस्या हुने देखेर सहयोग गरेको बताए ।

Back to top button