
बिर्तामोड । नेपाल मात्रै नभई विश्वका धेरै देश अहिले पनि लकडाउनको अवस्थामा छन् । विश्वभर कोराना भाइरस (कोभिड १९) संक्रमण र यसको त्रासमा नागरिक छन् । नेपालमा पनि लकडाउनको नयाँ घोषणाको दिन जारी छ । अधिकांस नागरिक घर भित्र छन् । तर, उनिहरुको मन र चासो भने विश्वमा के भईरहेको छ ? त्यस तर्फ छ ।
यो समयमा सञ्चारमाध्यमको विषेश भुमिका छ । सञ्चारकर्मी पनि लकडाउनको पालना गरेर कोरोनाको संक्रमणबाट बच्दै सूचना संकलन गरी समाचार तयार पार्दै नागरिकलाई थाहा दिईरहेका छन् । यो क्रममा सञ्चारकर्मीले बिभिन्न आधुनिक प्रविधिको प्रयोग गर्ने क्रम पनि उच्च छ र हुनुपर्छ पनि ।
यसै क्रममा झापाएका एक सञ्चारकर्मी यो समय नागरिकलाई आफ्नो स्थानीय तहले कोरोना सँग लड्न कस्तो तयारी गरिरहेको छ भन्ने प्रश्नको जिज्ञासा फेसवुकमा अन्य प्रविधिलाई लिंक गराउँदै जनप्रतिनिधि र सरोकारवाला सँग जवाफ खोजिरहेका छन् । जो सञ्चारकर्मी हुन् बिजय बराल ।
प्राइम टेलिभिजनका स्थानिय समाचारदाता समेत रहेका बिजय जुम सफ्टवेरको माध्यमबाट स्थानीय जनप्रतिनिधी, सञ्चारकर्मी र सरोकारवाला निकायका प्रतिनिधीलाई जोड्दै नागरिकमा सूचना पुर्याउन हरेक दिन तल्लिन छन् ।
‘यो नयाँ प्रविधी पनि हो, यसबाट धेरै जनालाई एकै समयमा लाइभ राखेर संवाद गराउन सकिन्छ,’ उनले भने ‘सबैले घरमानै बसेर स्थानीय तहको कामको बारे जानकारी लिउन र प्रश्न राख्न सकुन भन्ने मेरो उदेश्य हो ।’
उनले यो भिडियो सम्बाद मार्फत प्रत्यक्ष प्रशारण गरेको समयमा आउने कम्मेन्टको जवाफ पनि सोही समयमा खोज्ने गरेका छन् । त्यति मात्रै नभई बिभिन्न स्थानमा समस्यामा परेका नागरिकको समस्या, उनिहरुको विचारलाई पनि प्रत्यक्ष यो माध्यममा जोडेर समाधानका लागि प्रयास गर्दै आएका छन् ।
विहीबार मात्रै भारतको उत्तर प्रदेशका बिभिन्न स्थानमा समस्यामा परेका नेपाली युवाहरुलाई उनले लाइभमा ल्याएर सम्बन्धीत सरोकारवाला सम्म पु¥याउने प्रयास गरेका थिए । उनले यो अभियानलाई निरन्तरता दिने समेत बताए ।