इटहरीको कल्भर्टमा भेटियो नवजात शिशुको शव

विराटनगर, २७ चैत । सुनसरीको इटहरी ८ गैसार स्थित कल्भर्टमा एक नवजात शिशुको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर मानबहादुर श्रेष्ठका अनुसार कल्भर्टमा फालेको अवस्थामा शिशुको शव भेटिएको हो । शिशु कसले फालेको हो भन्ने विषयमा थप अनुसनधान भइरहेको प्रहरीले जनाएको ।

Back to top button