पाँचथरमा राहत वितरणको अनौठो दृष्य, लठीमा अड्काएर वितरण

विराटनगर । कोरोना भाइरसको त्रासमा विश्व छ । अधिकाँस देशमा लकडाउन छ । नेपालमा पनि लकडाउनको नयाँ समय बुधबारबाट सुरु भएको छ, अझै कति लम्बिन्छ टुङ्गो छैन ।

हुने खानेले मिठोमसिनो खाएर फेसवुकमा फोटो भरेका छन्, तर हुँदा खानेको अवस्था दयनिय छ । यसै बेला राहत दिने र फोटो खिच्नेको क्रमपनि सुरु भएको छ । दैनिक राहत वितरण गरेका विभिन्न जिल्ला र तहका फोटो नयाँ नयाँ थपिन्दैछन् । त्यसमा पनि यो समय सामाजिक दुरी कायम राख्नुपर्ने र भिडबाट टाढा रहनुपर्ने समयमा राहत वितरणमा कतै हुलनै देखीन्छ ।

तर, पाँचथरमा राहत वितरणको फरक दृष्य देखियो पाँभथरको मिक्लाजुङ २ मा यसरी राहत वितरण गरियोकी यो फोटो अहिले फेसबुकमा भाइरलनै छ । सामाजिक दुरी कायम गर्ने भन्दै राहतलाई लठिमा झुण्ड्याएर दिइयो ।

वडा कार्यालयमा मंगलबार बसेको भेलाले वडा अध्यक्ष सन्तोष शर्माको संयोजकत्वमा राहत वितरण भयो । देख्दा पनि अचम्म र रोचक लाग्ने यो विकल्प बाहेक अन्य विकल्प थिएन अध्यक्ष ज्यू ?

Back to top button