
काठमाडौं । काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले लकडाउनको आदेश पालना नगरे गोली ठोक्ने चेतावनी दिएका छन् ।
प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा बोल्दै उनले अनावश्यक सडकमा निस्किनेलाई गोली ठोक्ने समेत चेतावनी दिएका हुन् । यो अवधिमा अनावश्यक घरबाहिर ननिस्कन समेत आम नागरिकलाई आग्रह गर्दै उनले भने ‘गोली ठोक्ने सम्मको अधिकार मैलेपाएको छु, आदेश उल्लंघन गर्ने कसैलाई पनि छोड्न्नि ।’
उनले यो अवधिमा सवारी पास लिनेहरुको घुईँचो लाग्ने गरेको सुनाउँदै अब पास कसैले पनि नपाउने जिकिर गरे । ‘पासमा मलाई पत्रकारहरुले सताएका छन्, यो अवधिमा जनता टेलिभिजन नहेरेर पनि बाँच्छन् । किन टिभी हेर्नुपर्यो ? अब कठोर हुन्छु । एक्शन लिन्छु ।’ उनले भने ।