
तेह्रथुम । लालीगुराँस नगरपालिका–८ सोल्माको हात्तीआहाल सामुदायिक वनमा सोमबार अपराह्न आगलागी हँदा २० हेक्टर वन जलेको छ ।
आगलागीबाट सिसौ, साल, सल्लो र लोपोन्मुख सतिसाल गरी ५०० रुख जल्दा करिब रु १० लाख बराबरको क्षति भएको लालीगुराँस नगरपालिका–८ वडा अध्यक्ष तुसलीराम खनालले बताउनुभयो ।
प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको पहलमा आगलागी नियन्त्रण भए पनि आगलागीका कारण खुल्न नसकेको प्रहरी चौकी लसुनेका प्रमुख महानन्द दुलालले बताउनुभयो ।