
ताप्लेजुङ । ताप्लेजुङको नाङ्खोल्याङमा आमाको किरिया गर्न बसेकी छोरीको मृत्यु भएको छ । पाथीभरा याङवरक गाउँपालिका १ नाङखोल्याङमा चैतमा आमाको किरिया गर्न गएकी झापा मेचीनगर–१३ सिग्देल गाउँ चारआलीकी डम्वादेवी गौतम न्यौपानेको निधन भएको हो । डँबादेवी आमा हिमादेवी गौतमको किरिया गर्न गएकी थिइन् ।
किरिया गरेकै अवस्थामा बेहोस भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेपछि एम्बुलेन्समा झापाको बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पुर्याइएको थियो । अस्पतालले समेत फर्काएपछि उनको घरमा मृत्यू भएको न्यौपानेकी बुहारी कविता पौडेलले जानकारी दिईन् ।
उनको मुटुमा समस्या रहेको अस्पतालले बताएको छ । हिमादेवीको चैत १९ गते ८१ वर्षको उमेरमा निधन भएको थियो । त्यसको ६ दिनपछि छोरीको पनि मृत्यु भएको हो ।