आहा ! क्वारेन्टाइन्, मोवाइलमा वाइफाई, दैनिक खाजा र खाना

सातामा चार दिन फलफुल

विराटनगर । ‘चिया र खाजा खाने समय भएकाले सबै जना सामाजिक दूरी कायम गरी खाजा लिन आउनुहोला’ माईकमा बजेको आवाज सुन्न साथ टेण्ट भित्र बसेकाहरु तीन मिटर दुरी कायम गर्दै लामबद्ध भएर । सबैले मास्क लगाएका छन्, कुन व्यक्ति कतिखेर आए र कहाँका हुन्, उनिहरु एउटै टेण्टमा बस्ने बाहेक एक अर्कालाई चिन्दैनन् ।

चिया र खाजा लिएर आ–आफ्ना क्याम्पमा फर्किए । धेरै जना लाइन भए पनि नत हल्ला सुनियो नत गुनासोनै । यो दृष्य हो मोरङको टाँडीस्थित नेपाली सेनाको सूर्यदल गण परिसरमा रहेको क्वारेन्टाइनस्थलको । यो क्वारेन्टाइन सेनाको निगरानीमा सञ्चालित छ । एक सय बढी मानिस बसेको क्वारेन्टाइनमा खाने, बस्ने, हिड्ने सबै सेनाले नियम बनाएको छ । सोही अनुसार क्वारेन्टाइनमा आएकाले पालना गर्छन ।

कोरोना भाइरसको संक्रमण फैलिएको देशबाट नेपाल आएका, उनिहरुका आफन्त र भारतबाट नेपाल छिरेकाहरु यो क्वारेन्टाइनमा छन् । २ सय जनाको क्षमता रहेको उक्त क्वारेन्टाइनमा हाल १ सय १० जनालाई राखिएको छ । खाजा, खाना र चिया खाने समयमा मात्रै होइन यहाँ एक अकार्का मुखामुख गरेर कुरा समेत हुँदैन ।

विहानको खाजा, खाना, दिउँसोको खाजा र बेलुकाको खाना खाने समयमा सेनाका एक सिपाईले माइकबाट लामबद्ध भएर तीन मिटरको दुरीमा खाजा भएको स्थानमा जान आग्रह गर्छन् । उनिहरु निस्कनु पुर्वनै खाजा खानको प्याक एक आपसमा नछोई राखिएको हुन्छ । प्रति व्याक्ति कति आहारा आवस्यक हुन्छ त्यसै अनुरुप सफा र स्वस्थ्य खाजा र खानाको व्यवस्थापन सेनाले गरेको हुन्छ । ‘हामिले सबै नियमको पालना गराएका छौ, खान, खाजा र पानी समयमा दिन्छौ, सबै पोषणयुक्त छ,’ क्वारेन्टाइनस्थलको व्यवस्थापन संयोजक सूर्यदल गणका सेनानी प्रवेश दाहालले भने ।

क्वारेन्टाईन भित्र जुनसुकै बेला खान मिल्ने गरी पानी राखिएको हुँदा क्वारेन्टाइनमा बस्नेले पानी माग्न कसैलाई बोलाईराख्नु वा आग्रह गर्नुपर्दैन । सेनाको रेखदेख र नियन्त्रणमा भएकाले कुनै कुरामा कमि हुन नदिएको संयोजक दाहाल बताउँछन् । ‘पुर्ण नियममा बनाइएको र राखिएकाले कसैलाई केही समस्या छैन, समस्या भए हाम्रा निग्रानिमा रहेका सिपाईले बुभ्mने र जानकारी गराउँछन्,’ दाहालले भने ‘चिकित्सक सहितको टोली समेत हामिसँगै भएकाले कुनै संक्रमण वा बिराम भए समय उपचार पनि पाउँछन् ।’

क्वारेन्टाईनमा राखिएकालाई दैनिक खाजा खाना बोहक हप्तामा ४ पटक फपूmलकोनै व्यवस्था गरिएको छ । फलफुल भने दिउँसो प्लास्टिकमा प्याक गरेर दिने गरीएको छ । ‘खाने र बस्ने कुरामा कुनै कञ्जुस्याई छैन, बस्नेहरु पनि सन्तुष्ठ छन्,’ संयोजक दाहालले भने ‘हामि केही आवस्यक परे प्रदेश सरकार सँग समन्वय गछौँ, प्रदेश सरकारबाट पनि दैनिक यहाँ भएका गतिबिधिको जानकारी लिने काम भइरहेको छ ।’

अन्य जिल्लामा क्वारेनटाईनमा भोकै र तिर्खै बस्नुपरेको, बेवास्था गरेको लगायतका गुनासो आईरहँदा प्रदेश १ को सबैभन्दा ठुलो क्षमताको यस क्वारेन्टाइनमा कुनै गुनासो हुन प्रदेश सरकारले दिएको छैन । ‘क्वारेन्टाइनमा बस्नेको रेखदेख सेनाले गर्ने र त्यहाँ खाने बस्ने सबै व्यवस्था प्रदेश सरकारले गरेकाले त्यहाँ बस्नेलाई दुखको अनुभव हुन नदिएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बताउँछन् ।

‘त्यहाँ संक्रमणको आशंकामा राखिने हो, त्यहाँ बस्ता म कोरोना संक्रमित हो जस्तो मनोवल घट्ने काम नहोस भनेर हामिले सबै व्यवस्थापन गर्न सेनासँग सहकार्य गरिरहेका छौ,’ दैनिक त्यहाँ बस्नेको जानकारी पनि म लिन्छु, ‘मुख्यमन्त्री राईले भने ‘हामिले कोरोना नियन्त्रणमा गरिने कुनै पनि कामको व्यवस्थापनमा कमि हुन दिएको छैन ।’

वैदेशिक रोजगारीबाट नेपाल फर्किएका र भारतबाट पूर्वी नाका झापाको काँकडभिट्टा र मोरङको रानीबाट नेपाल प्रवेश गरेकाहरु क्वारेन्टाइनमा धेरै छन् । चैत १० गतेबाट राख्न थालिएको सो क्वारेन्टाईनका केही नागरिकलाई स्थानीय तहले आफ्नो निगरानीमा होम क्वारेन्टाईनमा राख्ने भन्दै लगेका थिए भन्दै कोही आफै सम्पर्क गरेर क्वारेन्टाइनमा बस्न समेत पुगेको सेनानी प्रवेश दाहाल बताउँछन् । वैदेशिक रोजगारबाट फर्किएका पाँचथरका एक युवकको श्रीमती र दुई छोराछोरी पनि क्वारेन्टाइनमा छन् ।

यस स्थानमा सबैभन्दा धेरै प्रदेश १ को मोरङ जिल्ला छन् भने त्यसपछि सुनसरी, खोटाङ्, तेह्रथुम, झापा, ताप्लेजुङ, पाचथर, इलाम र उदयपुरका छन् । प्रदेशबाहिर कैलाली, सुर्खेत, जाजरकोटका पनि क्वारेन्टाइनमा बसेका छन् । नेपाल प्रदेश गर्ने समयमा लकडाउनमा परेर भारत फर्कन पनि नसक्ने सीमानामा रोखएका १५ जनालाई एकैपटक रानी नाकाबाट उद्धार गरिएका क्वारेन्टाइनमा पु¥याईएको थियो । त्यसबाहेक दैनिक फाट्ट फुट्ट क्वारेन्टाईनमा पुग्नेहरु थपिइरहेको सेनाले जनाएको छ ।

क्वारेन्टाइनमा रहेका व्यक्तिलाई कसैले भेट्नुपरेमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाएर मात्र भेट्न दिइन्छ । त्यसबाहेक त्यहाँ बाहीरका नागरिकलाई हेर्न र प्रवेश गर्न निषेध छ । क्वारेन्टाइनमा बस्नेलाई दिक्क नलागोस भनि रेडियो सुन्ने र आफ्नै मोवाइलमा इन्टरनेट चलाउने सुविधाको समेत सेनाले व्यवस्थापन गरेको छ । ‘रेडियो २४ सै घण्टा सुन्ने व्यवस्था मिलाईएको र इन्टरनेट निश्चित समय चलाउने व्यवस्था मिलाएका छौ,’ संयोजक दाहालले भने ‘यसले गर्दा उनिहरुमा नरमाइलो महसुस देखिएको छैन ।’

क्वारेन्टाइन स्थलमा १५ वटा शौचालय र त्यति नै संख्यामा नुहाउने कोठा तयार पारिएकाले सफा भएर बस्न जुनसुकै समय उनिहरुले पाउँछन् । सबैलाई छुट्टाछुट्टै रुपमा प्रयोग गर्ने गरी कपडा धुने साबुन, नुहाउने साबुन, मञ्जन र ब्रस दिइएको छ ।

Back to top button