कोरोना कोषमा उच्च अदालतका न्यायाधीश, कर्मचारीको सहयोग

विराटनगर । सरकारले स्थापना गरेको कोरोना रोकथान, नियन्त्रण र उपचार कोषमा उच्च अदालत र मातहतका अदालतका न्यायाधीशहरूबाट पनि सहयोग उपलब्ध गराइएको छ ।

उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाशीले दश दिनको तलब, उच्च अदालत विराटनगर मातहतका मोरङ र सुनसरी जिल्ला अदालतका न्यायाधीशहरूले सात दिनको तलब सरकारी कोषमा दाखिला गरिएको छ ।

उच्च अदालत विराटनगरका उप–रजिस्ट्रार मणिराम पोखरेलले रजिस्ट्रारबाट सात दिनको, अधिकृतस्तरका कर्मचारीहरूबाट पाँच दिनको, नायब सुब्बादेखि श्रेणीविहीन कर्मचारीहरूबाट तीन दिनको तलब बराबरको रकम सहयोग स्वरुप उपलब्ध गराएको बताए । भने, “मुलुक नै संकटमा परेको बेला न्याक्षेत्रबाट समेत सहयोग गरिएको हो ।”

Back to top button