प्रदेश १ को जनसुरक्षा कोषमा ११ करोड बढी जम्मा

विराटनगर । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा सोमबार सम्ममा ११ करोड बढी रकम जम्मा भएको छ । मुख्यमन्त्रीको कार्यालयलले दिएको जानकारी अनुसार सोमबार सम्ममा ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ जम्मा भएको छ ।

कोषमा सोमबार मात्रै. ५ लाख ९२ हजार ७ सय ४२ रुपैयाँ जम्मा भएको थियो । कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो ।

राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन–पे बाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ । कोषमा बैंक, संघसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।

Back to top button