अब क्वारेन्टाइनमा बस्नेको निगरानी एप्सबाट, भागे थाहा हुने (भिडियो)

काठमाडौं । सरकारले कोरोना भाइरस बारे सम्पूर्ण सूचना जानकारी अब ‘वान डोर’ प्रणालीमार्फत उपलब्ध गर्ने भएको छ ।

कोभिड १९ बारे आधिकारिक सूचना अब सरकारले एकै वेबमार्फत सार्वजनिक गर्ने भएको हो । विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले नयाँ प्रविधि मार्फत सबै सूचना एकै ठाउँबाट सार्वजनिक गर्ने भएको हो ।

जसलाई ‘कोभिड १९ एकीकृत सूचना प्रणाली तथा क्वारेन्टाइन अनुगमन प्रणाली’ नाम दिइएको छ । यस्तै सरकारले क्वारेन्टाइनबारे जानकारी लिन तथा रिपोर्ट गर्न ‘कोबडी’ मोबाइल एप्स पनि प्रयोगमा ल्याएको छ ।

एप्स मार्फत कोरोनाको लक्षण भएको बारे सन्देश पठाउन मिल्ने व्यवस्था गरिएको छ । जसले ‘ट्राभल हिस्ट्री’ भएकाहरुलाई क्वारेन्टाइनमा राख्न सहयोग गर्छ । खासगरी क्वारेन्टाइनको निगरानी गर्न यसको प्रयोग गरिने बताइएको छ । क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको बारेमा निगरानी गर्न यसको प्रयोग गरिन्छ । सोमबारदेखि नै काठमाडौँ, भक्तपुर, कन्चनपुर, कैलालीबाट उक्त एप्सको प्रयोग गरिँदैछ ।

 

Back to top button