ताप्लेजुङमा स्काभेटर पल्टिंदा चालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा स्काभेटर मेसिन पल्टदा एक जनाको मृत्यू भएको छ । दोभान–ओलाङचुङगोला सडक अन्तर्गत लुङथुङ फेदीखोलामा स्काभेटर मेसिन पल्टिंदा चालकको मृत्यु जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

मृत्यू हुनेमा चितवनको इच्छाकामना गाउँपालिका ३ का २७ वर्षिय चित्रकुमार गुरुङ रहेका छन् । आइतबार बिहान ११ बजेतिर सडक खनिरहेको बेला माथिबाट सुख्खा पहिरो झर्दा स्काभेटर पल्टिएको थियो ।

सो क्षेत्रमा ६ वटा स्काभेटर मेसिनले हाल सडक निमार्णको काम गरिरहेका छन् ।

Back to top button