आफुलाई डस्ने सर्पको टाउको नै चपाएपछि…

काठमाडौं । कहिल्यै तपाईले कसैलाई सर्पले डस्यो भने सर्पको टाउको चपाई दिएको घटना सुन्नु भएको छ रु पक्कै पनि छैन् होला । तर भारतमा एक जनाले सर्पले डसेको रिसको झोकमा आफुलाई डस्ने सर्पको टाउको चपाइदिएर बदला लिएका छन् ।

भारतको उत्तरप्रदेशस्थित हर्दोइमा बस्ने सोनेलाल भन्ने नामका व्यक्तिले आफूलाई सर्पले टोकेपछि बदलास्वरुप सर्पको टाउको टोकेर छिनालिदिएको बताएको समाचार बाहिर आएको छ ।

सर्पको टाउको चपाएर बेहोस अवस्थामा फेला परेका ती व्यक्तिलाई स्थानीय सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । तर उनको शरीरमा डाक्टरले सर्पले डसेको कुनै पनि घाउ भेटाएनन् । साँझ ७ बजे अस्पताल लगिएका ती व्यक्ति रातको दश बजे होसमा आए ।

डाक्टरले बताए अनुसार ती व्यक्तिको शरीरमा सर्पले डसेको कुनै खत नभएका कारण उनी सर्पले डसेर बेहोस भएको नभै सर्पको टाउको चपाउँदा त्यसको विष शरीरभित्र गएको हुन सक्छ ।

यसका साथै उनी लागुऔषधका अम्मली भएको हुँदा तलतली मेट्नका लागि सर्पको टाउको नै चपाएको हुनसक्ने अुनमान गरिएको समाचारमा जनाईएको छ । एजेन्सी

Back to top button