प्रदेश १ : चार बैंकद्वारा जनसुरक्षा कोषमा १५ लाख ५० हजार

विराटनगर । प्रदेश नं १ को सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापित कोरोना जनसुरक्षा कोषमा चार वटा विकास बैंकले १५ लाख ५० हजार जम्मा गरेका छन् ।

ती बैंकले शुक्रबार राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय बिराटनगरमा रहेको जनसुरक्षा कोषको खाता नं २१२०००५८८१०१ मा जम्मा हुने गरी प्रदेश नं. १ मा केन्द्रीय कार्यालय रहेका नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरू सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडबाट ५ लाख, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडबाट ५ लाख, मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ५ लाख र सालपा विकास बैंक लिमिटेडबाट ५० हजार रकमउपलब्ध गराइएको जनाइएको छ ।

यस सम्वन्धी जानकारी सप्तकोशी बैंकका सञ्चालक समितिका अध्यक्ष तारानाथ निरौलाले शुक्रबार नै मुख्यमन्त्री शेरधन राईलाई जानकारी गराएका छन् ।

Back to top button