नेपालमा कोरोना संक्रमितको संख्या ९ पुग्यो, सुदूरपश्चिम प्रदेशकै ४ जना

काठमाडौं । नेपालमा कोरोना संक्रमितो संख्या ९ पुगेको छ । नेपालमा आज मात्रै थप नयाँ तीन जनामा कोरोनाको संक्रमण पाइएको हो । ति मध्ये ४ जना संक्रमितहरु सुदूरपश्चिम प्रदेशका रहेका छन् । स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट आज सुदूरपश्चिमका थप तीन जनामा कोरोना भाइरस पोजेटिभ पाइएको जानकारी गराइएको थियो ।

मन्त्रालयका अनुसार १ जना संक्रमित स्थानीय र अन्य दुईजना भने विदेशबाट आएका थिए । सातौँ संक्रमित व्यक्ति धनगढीकी ३४ वर्षीया महिला रहेकी छन् । त्यस्तै आठौँ संक्रमित कैलालीका २१ वर्षका पुरुष रहेका छन् । उनी भारतको मुम्बईबाट नेपाल आएका थिए ।

त्यस्तै नवौँ संक्रमित भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरुष रहेका छन् । उनीहरु तीनै जनालाई अहिले सेती प्रदेसिक अस्पताल धनगढीको आइसोलेसनमा राखेर उपचार भईरहेको छ ।

यसअगाडि नेपालमा पाइएका १ अन्य संक्रमितहरु पनि सुदूरपश्चिमकै रहेका छन् । यसअघि युएईबाट फर्किएका ३४ वर्षीय युवकलाई १४ चैत्रमा कोरोना भाइरस भएको पत्ता लागेको थियो । चौथा संक्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराउने क्रममा संक्रमित भएको पत्ता लागेको थियो ।

नेपालका चौथो कोरोना संक्रमित व्यक्ति पनि कैलालीको धनगढीका रहेका छन् । योसँगै नेपालका ९ कोरोना संक्रमित मध्ये ४ जना सुदूरपश्चिम प्रदेशका रहेका छन् ।

Back to top button