प्रदेश १ : ५९ जनाको नमुना संकलन, कहाँको कस्तो देखियो ?

विराटनगर । हाल सम्ममा प्रदेश १ का बिभिन्न जिल्लाबाट कोरोना भाईरस (कोभिड १९) का शंकास्पद ५९ जनाको नमुना संकलन गरिएको छ । विहीबार मात्रै पाँच जनाको नमूना संकलन गरी परीक्षणका लागि धरान पठाएको सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिए ।

विहीबार ओखलढुङ्गाबाट २ र सोलुखुम्वुबाट ३ जना शंकास्पद व्यक्तिको नमूना संकलन गरिएको हो । नमुना संकलन गरिएको मध्ये ४२ जनाको रिपोर्ट समेत आएको छ । आएमध्ये सबै रिपोर्ट नेगेटिभ रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म झापाबाट ५, मोरङबाट ९, सुनसरीबाट २५, धनकुटाबाट १, तेह्रथुमबाट २, संखुवासभाबाट १, भोजपुरबाट २, सोलुखुम्बुबाट ५, ओखलढुङ्गाबाट २, उदयपुरबाट ४ र पाँचथरबाट ३ जना शंकास्पद व्यक्तिको नमूना संकलन भएको छ ।

विहीबार सम्ममा कोरोना भाईरसका शंकास्पद १ सय ८८ जना विरामीले अस्पतालमा नाम दर्ता गराएका छन् । जसमा सुनसरीबाट १ सय ६९, मोरङ, झापा र सोलखम्वुुबाट ५÷५ जना र उदयपुर र पाँचथर २÷२ जनाले नाम दर्ता गराएको डा. मेहताले बताउनुभयो ।

प्रदेश १ मा विहीबार सम्म आईसोलेसनमा ११ जना भर्ना भएका छन् । भर्ना भएका मध्ये ६ जना पुरुष र ५ जना महिला रहेका छन् । सुनसरीबाट १, ओखलढुङ्गा र उदयपुरबाट २÷२ जना महिला रहेका छन् । मोरङबाट ४, ताप्लेजुङ र पाँचथरका १÷१ जना पुरुष रहेका छन् ।

प्रवक्ता मेहत्ताका अनुसार आईसोलेसनमा रहेका ४ जना डिस्चार्ज भएका छन् । प्रदेश १ का ४३ अस्पतालले ४ सय १ आईसोलेसन वेड तयारी अवस्थामा राखेको छ । प्रदेशभरमा ३ सय ९७ वटा फिवर क्लिनिक सञ्चालनमा रहेका छन् ।

Back to top button