मोरङमा प्रहरी र सिकारी समूहबीच गोली हानाहान

विराटनगर । मोरङको सलकपुरस्थित राष्ट्रिय वन परिसरमा सशस्त्र गस्ती टोली र वन्यजन्तु तस्करबीच गोली हानाहान भएको छ । शुक्रबार अपरान्ह दुई समुह बीच गोली हानाहान भए पनि कोही घाइते भएनन् ।

लोहन्द्रा केराबारी साझेदारी वन र सलकपुर सामुदायिक वनको सीमा क्षेत्रमा रहेको राष्ट्रिय वन परिसरमा गस्ती टोली र शिकारी समूहबिच जम्काभेट भएको डिभिजन वन अधिकृत नरेन्द्र गुरागाइले जानकारी दिए । ‘त्यसक्रममा शिकारी समूहले नौ राउन्ड गोली प्रहार गरेको थियो, वन टोलीले जवाफमा सात राउन्ड गोली चलाएको हो,’ उनले भने ‘हामीले शिकारी समूहका दुई जना र दुई राउन्ड भरुवा बन्दुक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौ ।’

उनका अनुसार लक डाउनको मौकामा वन्यजन्तु शिकारका लागि सो समूह वनमा हतियारसहित प्रवेश गरेको हो । उक्त वन बँदेल, मृगलगायतका वन्यजन्तुको बासस्थान भएको उनले जानकारी दिए । Nagariknews

Back to top button