ताप्लेजुङकी दिकी शेर्पा मृत फेला

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ की १८ बर्षीय दिकी शेर्पा मृत फेला परेकी छिन् । मिक्वाखोलाको स्थानीय सेनिमा भिरको फेदमा शेर्पा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

चैत्र १८ गते बिहान घाँस काट्न जंगल तर्फ गएकी उनी बेलुका सम्म पनी घर फर्केर नआएपछी खोज्ने क्रममा विहीबार बिहान उक्त भिर मुनी मृत फेला परेकी हुन् ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली सो स्थानमा पुगी थप अनुसन्धान कार्य भईरहेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

Back to top button