
एजेन्सी । चीनका वैज्ञानिकले अबको ४ हप्तामा कोरोना भाइरसको संक्रमण दर शून्यतिर झर्ने दावी गरेका छन् । चीनका वरिष्ठ वैज्ञानिक डा। झाङ्ग न्यानसेनले कोरोना भाइरसलाई लिएर विश्वमा देखिएको संक्रमणको दर आउने ४ हप्तामा शून्यतिर झर्ने बताएका छन् ।
चीन सरकारले कोरोना भाइरसलाई लिएर बनाएको विशेष समितिका प्रमुख ८३ वर्षका डा। झाङ्गले चीनमा पनि अब कोरोना भाइरसले कुनै प्रभाव नपार्ने बताए ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार डा। झाङ्गले कोरोनासँग जित्नकालागि सबैभन्दा पहिले संक्रमणको दरलाई न्यून बनाउन र त्यसलाई रोक्नु आवश्यक रहेको भन्दै यदि यो काम गर्न सकियो भने यसको खोप वा औषधिको बारेमा पत्ता लगाउन र रोगलाई समाप्त गर्न सकिने प्रष्ट पारे ।
विभिन्न मुलुकले कोरोना भाइरसको रोकथामका लागि गरेको काम सराहनीय रहेको र यसले पनि कोरोनालाई समाप्त गर्न मद्दत पुग्ने उनको भनाइ छ । sajhapost.com