
पाँचथर । पाँचथरको फिदिम नगरपालिका ५ का वाडाध्यक्ष लिलाराज तुम्बापो बिरामी भएपछि उपचारका लागि हेलिकोप्टर मार्फत झापाको बिर्तामोड स्थित बीएण्डसी अस्पताल लगिएको छ ।
शरिरभित्र आन्तरिक रक्तश्रापको समस्या भएपछि उनलाई बिहीबार उपचारका लागि हेलीकोप्टर मार्फत बीएण्डसी लगिएको हो । उनको अहिले आईसीयूमा राखेर उपचार भईरहेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए ।
आधुनिक प्रबिधी सहितको दक्ष जनशक्ति बीएण्डसीमा रहेकाले उनलाई हेलीकोप्टर मार्फत केही समय अघि मात्रै अस्पताल पु¥याएर भर्ना गरीएको वाडाध्यक्ष तुम्बापोको परिवार स्रोतले जनाएको छ ।