विश्वमा कोरोना : सोमबार एकै दिन ३७१८ को मृत्यु

काठमाडौं १८ चैत । कोरोना भाइरसले सोमबार सम्ममा ३७ हजार ८ सय १५ जनाको मृत्यू भएको छ । बीबीसीका अनुसार सोमबार एकै दिन ३ हजार ७ सय १८ जनाले ज्यान गुमाएका छन्। सोमबारसम्म विश्वभर कोरोनाले ७ लाख ८५ हजार ७ सय ७५ जना संक्रमित छन् भने १ लाख ६५ हजार ६ सय ७ जना निको भएका छन्।

स्पेनमा सोमबार एकै दिन ९ सय १३ जनाले ज्यान गुमाएका छन्। सोमबारनै इटलीमा ८ सय १२ जनाले ज्यान गुमाएका छन्। इटलीमा ७५ हजार ५ सय २८ जना संक्रमित छन्। जसमध्ये ३ हजार ९ सय ८१ जना गम्भीर अवस्थाका छन्। इटलीमा नयाँ संक्रमित ४ हजार ५० जना थपिएका छन्। हालसम्म इटलीमा ११ हजार ५ सय ९१ जनाले ज्यान गुमाइसकेका छन्।

त्यस्तै अमेरिकामा सोमबार ५ सय ७३ जनाले ज्यान गुमाएका छन्। योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ३ हजार १ सय ५६ पुगेको छ।

Back to top button