प्रदेश १ : २३ जनाको कोरोना रिपोर्ट नेगेटिभ

विराटनगर । प्रदेश १ बाट कोरोना भाइरसको आशंका गरिएका ३० बिरामीमध्ये २३ जनको रिपोर्ट नेगेटिभ आएको छ । अन्य सातजनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्र विराटनगरले जनाएको छ ।

थ्रोट स्वाब नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा आइतबारसम्म २३ जनाको रिपोर्ट नेगेटिभ आएको हो। प्रदेश १ मा कोभिड -१९ को आशंका भएका बिरामीलाई राख्न निर्माण गरिएको आइसोलेसन र क्वारेन्टाइमा हालसम्म  ५ सय १२ जनालाई राखिएको छ ।

केन्द्रका अनुसार आइसोलेसनमा दुई महिलासहित ८ जनालाई राखिएको छ भने क्वारेन्टाइनमा ६२ महिलासहित ४०४ जना छन् । होम क्वारेन्टाइन अन्तर्गत ९३ महिलासहित ६०९ सुरक्षाका लागि बसेका छन् ।

Back to top button