कोरोनाको आशंकामा वीर अस्पताल भर्ना भएका दुई जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा वीर अस्पतालमा भर्ना भएका दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतबाट फर्किएका ३५ वर्षीय पुरुष र काठमाडौं नैकापकी ४० वर्षीया महिला छन्। पुरुषको सोमबार र महिलाको आइतबार अस्पतालको आकस्मिक कक्षमा ज्यान गएको हो।

अस्पतालका अनुसार सोमबार ज्यान गुमाएका पुरुषमा श्वासप्रश्वाससम्बन्धी समस्या थियाे। दुवैमा कोरोनाको लक्षण देखिएकाले स्वाब परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको अस्पतालले जनाएको छ।

Back to top button