ताप्लेजुङका मिनबहादुरको लडेर मृत्यू

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ४ का ५२ बर्षीय मिन बहादुर लाबुङ लिम्बुको घर नजिकै रहेको कुटमिरोको रुखबाट लडेर मृत्यु भएको छ ।

शनिवार बेलुका ६ बजेको समयमा घर नजिकै रहेको कुटमिरोको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर घाईते भएका लाबुङलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यस्तै उदयपुरमा पनि लडेर एक जनाको मृत्यू भएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका ५ का कृष्ण बहादुर राईको घरबाट लडेर मृत्यु भएको हो ।

राई छिमेकी खेम बहादुर भुजेलको बनाउँदै गरेको घर हेर्न जाँदा सोही घरबाट लडेर घाईते भएका थिए । घाईतेलाई उपचारको लागी बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारको क्रममा राती साँढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

Back to top button