सडकमा खटिने प्रहरीलाई खाजा र पानी

विराटनगर । सरकारले कोरोना भाइरसको संक्रमणबाट नागरिकलाई जोगाउन गरेको लडकडान कार्यान्वयनका लागि सडकमा खटिएका प्रहरीलाई जीवन विकास समाजले पानी र खाजा बितरण गरेको छ ।

मोरङ, सुनसरी र झापाका करिब ३ हजार ६ सय प्रहरीलाई मिनरल वाटर र खाजा समाजले वितरण गरेको हो ।

कठिन परिस्थितिमा नागरिकको सुरक्षाका लागि काम गरेकाले तीन दिनलाई पुग्नेगरी दैनिक २ बोतल पानी सहित बिस्कुट र प्रदान गरेको जीवन बिकास समाज लघुवित्तका डेपुटी सिईओ दामोदर रेग्मीले जानकारी दिए ।

कठिन अवस्थामा प्रहरीले गरेको कामको सबैले सम्मान गनुको साथै सरकारले गरेको निर्णय सबै नागरिकले पालना गर्नुपर्ने रेग्मी बताउँछन् ।

Back to top button