कोरोना रोकथाम : मन्त्रिपरिषद र उच्चस्तरीय समिति बैठक बस्दै

काठमाडौं : आइतबार मन्त्रिपरिषद् बैठक बस्ने तयारी भएको छ। आइतबार अपरान्ह ३/४ बजेतिर प्रधानमन्त्री निवास बालुवाटारमा बैठक मन्त्रिपरिषद् बस्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

यसअघि कोभिड-१९  संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आइतबार दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । त्यसले एउटा कार्ययोजना तयार पार्ने र त्यसलार्इ मन्त्रिपरिषद बैठकबाट पारित गरेर घोषणा गर्ने तयारी भएको स्रोतले जानकारी दिएको छ।

विश्वभर फैलिएको नोबेल कोरोना भाइरस कोभिड-१९ को संक्रमणपछि सरकारले गत मंगलबारबाट एकसाताका लागि देशभर लकडाउनको घोषणा गरेको थियो।

बैठकबाट कोरोना महामारीविरुद्ध लड्न सरकारबाट महत्व निर्णय आउने अनुमान गरिएको छ। सरकारल घोषणा गरेको लकडाउनको अवधि सोमबारपछि सकिँदै छ। कोभिड-१९ का नयाँ संक्रमित फेला परिरकेकाले यसै क्याविनेट बैठकबाट सरकारले लक डाउनको अवधि थप्ने निर्णय लिन सम्भावना देखिन्छ।

यसबारे मन्त्रीहरुलाई भने जानकारी नगराइएको बुझिएको छ। अन्नपूर्ण

Back to top button