पाँचथरकी रेश्मा काबेलीमा डुबिन्

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका ४ याङसिबुङका आईत बहादुर योङहाङको १४ बर्षीया छोरी रेश्मा योङहाङको काबेली खोलामा डुबेर मृत्यु भएको छ ।

शनिवार दिउँसो साँढे २ बजेको समयमा काबेली खोलामा पौडी खेल्न गएकी बालिका सोही खोलाको दहमा डुबेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

Back to top button