
काठमाडौँ, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विहीबार राती अस्पताल भर्ना गरीएको छ । राती करिब ११ बजे असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।
थप जानकारी आउन सकेको छैन । ओली गत फागुन ३० गते उपचार पछि बालुवाटार फर्किएका थिए । उनको दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किएका थिए।
ओलीलाई डिस्चार्ज गर्ने बेला चिकित्सकले अझै पनि सक्रमणको जोखिममा रहेको भन्दै कडा सावधानी अपनाउन सुझाव दिएका थिए। त्यस पछि पुनः भिडियो बार्ता सहित संबोधन र छलफल सहित बैठकमा प्रधानमन्त्री सक्रिय हुँदा चिकित्सक असन्तुष्ठ थिए ।