इलाममा खुर्पाले आफ्नै घाँटी काटेर अत्महत्या

इलाम । इलामको रोङ गाउँपालिका १ की ५० बर्षीया टिकामाया राईले खुर्पाले आफ्नै घाँटीमा प्रहार गरी आत्महत्या गरेकी छन् ।

रोङ गाउँपालिका ४ घर भई चैत्र ११ गते आफ्नो दाजुको घरमा आएकी राईले बुधवार दिउँसो खुर्पाले आफ्नै घाँटीमा प्रहार गरी आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाईएको छ ।

घटनाको विषयमा अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Back to top button