प्रदेश १ : ‘कोरोना जनसुरक्षा कोष’मा रकम जम्मा हुने क्रम बढ्यो

सभामुख, उपसभामुख, कांग्रेश र नेकपाका सांदले दिए तलब

विराटनगर । मंगलबार प्रदेश १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’मा रकम जम्मा हुन थालेको छ ।

१० करोड रकम जम्मा गरेर सुरु गरिएको कोषमा सभामुख प्रदीपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेलले एक÷एक महिनाको तलब जम्मा गरेका छन् भने नेकपा र कांग्रेश सांसदले आधा महिनाको पारिश्रमिक दिएका छन् ।

प्रमुख विपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेशसभा सचिवालयमार्फत् सबै २१ जना सांसदले पन्ध्र दिनको तलब दिने निर्णय भएको जानकारी दिए । यस्तै सत्ताधारी दलका ६७ सांसदले पनि १५ दिनको तलब दिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

यो कोषमा मंगलबारनै मुख्यमन्त्री, मन्त्रीहरू र राज्यमन्त्रीहरूले पनि एक महिनाको पारिश्रमिक जम्मा गरेका थिए । निजी क्षेत्रबाट भने पहिलोपटक विराटनगरका उद्योगी राजेन्द्र राउतले ११ लाख जम्मा गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

Back to top button