भोलि बिहान ६ बजेदेखि पूर्ण रुपमा लक डाउन

काठमाडौँ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भोलि मंगलबार बिहान ६ बजेदेखि ‘लक डाउन’ गरिने भएको छ ।

नोबेल कोरोना नियन्त्रण गर्न ईश्वर पोखरेलको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिको सोमबार साँझ बसेको बैठकले पूर्ण रुपमा लक डाउन गर्ने निर्णय गरेको हो ।

समितिको निर्णय अनुसार हवाइ, यातायात लगायत सबै क्षेत्र बन्द गर्नुपर्ने छ । स्वास्थ्य क्षेत्र र सुरक्षा निकाय भने खुला रहने बताइएको छ । नेपालमा हालसम्म दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीमध्ये एकजना चिनियाँ नागरिक हुन् भने एक नेपाली हुन् । सोमबार दिउँसो मात्रै फ्रान्सबाट फर्किएकी एक युवतीमा संक्रमण भेटिएको पुष्टि भएको हो ।

Back to top button