भारतमा रहेका एक नेपालीमा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका थप एक नेपाली फेला परेका छन्।
हालै मात्रै गण्डक अस्पताल वीरगञ्जबाट पटना मेडिकल कलेजमा रेफर गरिएका एक नेपालीमा कोभिड–१९ को संक्रमण भएको फेला परेको हो।

भारतको बिहारका स्वास्थ्यमन्त्री मंगल पाण्डेले दिएको जानकारी अनुसार वीरगञ्ज–१० आदर्शनगरका शिवकुमार रुगंटामा कोभिड–१९ को संक्रमण फेला परेको छ। ६५ वर्षीय उनी मिर्गौा प्रत्यारोपण गरेका ब्यक्तिसमेत हुन्। उनलाई कोभिड–१९ संक्रमण भएको फेला परेपछि क्वारेन्टाइनमा राखेर उपचार गरिरहेको र उनका परिवारलाई पनि आइसोलेसनमा राखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

Back to top button