भारत र चीनसँगका नाका एक साताका लागि बन्द

विराटनगर । सोमबारबाट भारत र चीन दुई तर्फको नाका बन्द हुने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार विहान १० बजेबाट चीन सहित भारत तर्फको नाका बन्द गर्ने निर्णय गरेको हो । भखरै सकिएको बैठकले उक्त निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणपछि बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले उक्त महत्वपुर्ण निर्णय गरेको हो । आजको बैठकमासहभागी प्रधानमन्त्रीबाहेक सबै मन्त्रीले मास्क लगाएका थिए ।

Back to top button