बिहारमा पनि कोरोना भाइरसका कारण एकको मृत्यु

एजेन्सी । बिहारको राजधानी पटनाको एम्स अस्पतालमा कोरोना भाइरसका कारण एक संक्रमितको मृत्यु भएको छ । यो बिहारमा भएको पहिलो मृत्यु हो भने भारतमा भएको छैटौँ मृत्यु ।

स्थानीय पत्रकार निरज सहायका अनुसार यी व्यक्ति कतारबाट फर्किएका थिए । उनको मृत्यु शनिबार विहान भएको थियो । पछि उनमा कोरोना भाइरस संक्रमण देखिएको हो ।

बिहारमा अर्का एकजना पनि कोरोना संक्रमित छन् । उनको अहिले अस्पतालमा उपचार भइरहेको छ । उनी स्कटल्यान्डबाट फर्किएका हुन् । आइतबारअघि बिहारमा एउटा पनि कोरोना भाइरस संक्रमित देखिएका थिएनन् ।

Back to top button