
काठमाडौ । नेपाल टेलिकम-एनटिसीले कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सचेतानामुलक रिङब्याक टोन बनाएको छ।
अब एनटिसीमा कल गर्दा कोरोनाबाट बच्न अपनाउनुपर्ने उपायसहितको सचेतनामुलक रिङ ब्याक टोन सुन्न सकिने छ। कोरोनाका लक्षण र त्यसबाट बच्ने उपाय उक्त टोनमा राखिएको छ।