जलेर बृद्दाको मृत्यु

सुनसरी । सुनसरीको धरान १६ का ९० बर्षीया आशा देवी रानाको जलेर मृत्यु भएको छ । विहीबार बिहान साढे ४ बजे आफ्नै घरको पुजा कोठामा धुपबाती बाल्ने क्रममा आफैले लगाएको कपडामा अचानक आगो सल्किएको थियो ।

आशादेवीको शरिरका बिभिन्न भागहरु जलेर घाईते भएकोमा उनको उपचारको क्रममा बपिी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Back to top button