१४ औं महाधिवेशनबाट सभापति बन्छु : डा.कोइराला

विराटनगर । नेपाली काँग्रेसका प्रभावशाली नेता डा। शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा आफुले सभापतिमा उम्मेद्वारी दिने बताएका छन् । बिराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोईरालाले यस्तो बताएका हुन् ।

सभापतिमा उम्मेद्वारी दिनका लागि आफूले सबै तयारी गरिसकेकाले अब पछि नहट्ने कोइरालाले बताए । काँग्रेस केन्द्रिय सदस्य समेत रहेका कोइरालाले १४ महाधिवेशनबाट आफु सभापति बन्ने दावीसमेत गरेका छन् । ‘महाधिवेशनको तयारीका लागि देशभरका नेता कार्यकर्तासँग साक्षात्कार गरिरहेको छु ।’ नेता कोईरालाले भने ‘मलाई धेरैको साथ छ, अबको सभापति मै हुँ ।’

धेरै नेता कार्यकर्ताहरुले आफुलाई सभापतिमा उम्मेद्वारी दिन आग्रह गर्ने गरेको उनले बताए । सवैको सुझाव र आग्रहमा अघि बढिरहेको बताउँदै उनले पार्टीलाई सहि दिशामा अघि बढाउँन पनि आफुले सभापतिमा उम्मेद्वारी दिन आवश्यक रहेको जिकिर समेत गरेका छन् ।

Back to top button