कोरोना संक्रमण फैलिए कारागारबाट थुनुवा छाड्ने

काठमाडौं । गृह मन्त्रालयले नेपालमा अन्य देशमा जस्तै कोरोना भाइरसको संक्रमण तीव्र फैलिन थाले कारागारका थुनुवा (कैदी) हरुलाई जेलमुक्त गर्ने तयारी गरेको छ। यस सम्बन्धमा गृह मन्त्रालयमा भएको बैठकमा उक्त छलफल भएको हो।

तर संक्रमण बढेमा मात्रै थुनुवालाई छाडिनुपर्ने बैठकमा कुरा उठेको थियो। गृह स्रोतले नेपालखबरलाई दिएको जानकारीअनुसार गम्भीर अपराधमा संलग्नबाहेकलाई मात्रै छाडिनेछ। यसको लागि महान्यायाधिवक्ता अग्नि खरेल र नेपाल प्रहरीका प्रमुख ९आईजीपी० ठाकुरप्रसाद ज्ञवालीबीच छलफल हुने भएको छ।

मन्त्रालयमा सम्पन्न बैठकमा गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङसहित २१ मन्त्रालयका सचिव र सुरक्षा अधिकारीहरु उपस्थित थिए। नेपालमा देशभर कैदीको संख्या २५ हजार १ सय रहेको छ।

Back to top button