ओलीको स्वास्थ्यप्रति सचिवालयमा खेलवाड, रिसाइन् पत्नी राधिका

काठमाडौं । ‘मैले भनेकै हो, अस्पतालमै ठिक छ, यहाँ नआएको भए हुन्थ्यो…!’

प्रधानमन्त्री केपी ओलीकी पत्नी राधिका शाक्य आइतबार बालुवाटारमा निकटस्थहरुसँग गुनासो गर्दै थिइन्।

प्रधानमन्त्रीको सुवास्थ्य र दीर्घायुप्रतिको चिन्ता र चाहना स्वयं राधिका र परिवारलाई हुने नै भयो।

आजको जनआस्था साप्ताहिकमा छापिएको समाचार अनुसार तर, बालुवाटारको सचिवालय उति चिन्तित भएजस्तो बुझिँदैन, स्वयं प्रमपत्नी राधिकाको असन्तुष्टिबाट।

शुक्रबार साँझ प्रम सिंहदरबार जाने कार्यक्रम तय भयो। चिकित्सकहरु ‘हुँदैन, हुँदैन’ भन्दै थिए।

तर, सचिवालयका अधिकारीहरु यति सेन्सिटिभ कुरामा रोक्न नमिल्ने भन्दै जिद्दी गर्दै थिए।

त्यसमाथि प्रधानमन्त्री आफैँले मुख खोले, ‘म अस्पतालमै भएको भए एउटा कुरा, अब डिस्चार्ज भैहालेँ, जान्छु।’

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा.दिव्या सिंहका अनुसार ओलीको घाउ नै निको हुन बाँकी छ। ‘घाउ निको नहुन्जेल कतै निस्कनुहुन्न’ उनले भनिन्।

तर, आइतबार कसरी सिंहदरबार जाने अनुमति भयो त? भन्ने जिज्ञासामा उनले भनिन्, ‘त्यो एकदमै इम्पोर्टेन्ट काम थियो।’

शुक्रबार अस्पतालबाट डिस्चार्ज हुनुअघि र आइतबार फलोअपमा गएका बेला पनि प्रमपत्नी राधिका अस्पतालमै आराम गराउन उचित हुने भन्दै थिइन्।

तर, प्रमको सचिवालय हेर्ने मान्छेहरु भन्दै थिए, ‘यहाँ जति धेरै राख्यो, उहाँको बारेमा चाहिने, नचाहिने हल्लाले हाम्रो टाउको खान्छ।’

तर, राधिका भने मुन्टो हल्लाएर अस्वीकार गर्दै थिइन्।

Back to top button