आजदेखि मौसममा क्रमिक सुधार, तीन दिनको पूर्वानुमान यस्तो छ

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएकाले मौसम सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडि भू-भागमा आंशिक बदली रहेपनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान :-

चैत्र ०४ गते (मंगलबार)

दिउँसोः देशको पहाडि भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

चैत्र ०५ गते (बुधबार)

दिउँसोः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफारहनेछ । देशको पहाडि भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफारहनेछ । देशको पूर्वी र मध्य पहाडि भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

चैत्र ०६ गते (बिहिबार)

दिउँसोः देशको पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ।देशको पूर्वी र मध्य पहाडि भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

Back to top button