
काठमाडौं, ३ चैत । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित शिक्षण अस्पतालको सेवा चितवनको इच्छाकामना(५ मुग्लिन बजारमा रहेको मुग्लिन हाइवे अस्पतालले उपलब्ध गराउने भएको छ।
सूचना प्रविधिका माध्यमबाट शिक्षण अस्पतालको सेवा गैरमुनाफामुखी च्यारिटी अस्पतालका रुपमा सञ्चालित सो हाइवे अस्पतालले प्रदान गर्नेछ। संस्थानका डीन प्रा।डा। जगदिशप्रसाद अग्रवाल र हाइवे अस्पतालका अध्यक्ष रामबहादुर लामाले आइतबार काठमाडौंमा सेवा आदानप्रदान गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे।
सम्झौतासँगै अब मुग्लिन हाइवे अस्पतालमा सूचना प्रविधिको माध्यममार्फत त्रिवि, शिक्षण अस्पताल तथा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका विशेषज्ञ चिकित्सकको नियमित सेवा तथा सुविधा उपलब्ध हुने अस्पतालका अध्यक्ष लामाले जानकारी दिए।
यसका साथै नियमित घुम्ती विशेषज्ञ स्वास्थ्य शिविर, शैक्षिक तथा प्राज्ञिक तालीम, टेलिमेडिसिन प्लेटफर्मको अनुसन्धान तथा विकास, उपचाररत बिरामीको नियमित फलोअप र रुटिन चेकअपको सुविधा उपलब्ध गराइने पनि उनले बताए। ुपहिलो चरणमा बिरामी भर्नाको समेत सुविधा सञ्चालन गर्ने गरी कार्याक्रम लागू गरिनेछ,ु अध्यक्ष लामा भने।
दुई वर्ष समयावधि रहने सम्झौताको दोस्रो चरणमा शिक्षण अस्पतालको विस्तारित अस्पतालको रुपमा मुग्लिन हाइवे अस्पताललाई विकसित गरिने भएको छ। सो अवसरमा त्रिवि, चिकित्साशास्त्र अध्यन संस्थानका सहायक डीन प्रा।डा। राजेन्द्र गुरागाई, त्रिवि, टिचिङ हस्पिटलका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गा, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा।डा। उत्तमकृष्ण श्रेष्ठ, चिकित्साशास्त्र अध्यन संस्थान सूचना प्रविधि विभागका निर्देशक प्रा।डा। प्रदीप वैद्य, मेडिसिन डिपार्टमेन्टका प्रमुख प्रा।डा। प्रदीप श्रेष्ठको उपस्थिति रहेको थियो।
यसैगरी मुग्लिङ हाइवे अस्पताल सञ्चालक कुमार श्रेष्ठ, मुक्तिकुमार श्रेष्ठ, मणिरत्न शाक्य, विष्णु कुँवर, कल्याण गुभाजू, विनोद श्रेष्ठ, राजेन्द्र लामा, सुदीप पाठक, सल्लाहकार कृष्णराज अर्यालको उपस्थिति रहेको थियो। रासस