‘विप्लव’ को ताप्लेजुङ इञ्चार्ज थापा नेकपामा प्रवेश

ताप्लेजुङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ताप्लेजुङ इञ्चार्ज तारावीर थापा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।

विप्लव’ नेतृत्वको पार्टीले देश र जनताको हित नगर्ने निश्कर्षमा पुगेपछि उक्त पार्टीको सदस्यता परित्याग गरी नेकपामा प्रवेश गरेको विज्ञप्तिमार्फत जनाएका छन्।

उनले आगामी दिनमा संविधान, कानुन, विधिको शासनप्रति प्रतिबद्ध रहँदै राजनीतिक गतिविधिमा सक्रिय हुने स्पष्ट पारेका छन्। उनी तत्कालीन नेकपा माओवादीको नेतृत्वमा भएको १० वर्षे सशस्त्र आन्दोलनमा पनि सामेल थिए।

Back to top button