
काठमाडौं । प्रधानमन्त्री केपी ओली डिस्चार्ज भएका छन्। त्रिवि शिक्षण अस्पतालमा फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली शुक्रबार डिस्चार्ज भएका हुन्।
पूर्ण स्वास्थ्यलाभ गरेपछि प्रधानमन्त्री ओली शुक्रबार साँझ डिस्चार्ज भएका हुन्। प्रधानमन्त्रीकी निजी चिकित्सक तथा मिर्गौला रोग तथा प्रत्यारोपणा चिकित्सा विभाग प्रमुख प्रा.डा. दिव्या सिंह शाहले विज्ञप्ति मार्फत् प्रधानमन्त्री डिस्चार्ज भएको जानकारी दिएकी हुन् । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले शुक्रबार दिउँसो विज्ञप्ति सार्वजनिक गर्दै साँझ डिस्चार्ज हुने जानकारी दिएका थिए। प्रधानमन्त्रीकी मिर्गौला दाता भाञ्जी समीक्षा संग्रौला भने फागुन २७ गते नै डिस्चार्ज भएकी हुन् ।
१२ दिन अस्पताल बसेका ओलीको मिर्गौला प्रत्यारोपण भएको १० औं दिनमा डिस्चार्ज भएको हो।