
विराटनगर । अमेरिकामा बस्दै आएका पुष्कर बरालद्धारा लिखित ‘हलचल जिन्दगीमा’ गजल गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त गीतमा गायक एम बरालले आवाज दिएका छन् । फनिन्द्र राईले संगीत भरेको सो गीतको भिडियोमा लेखक पुष्कर बराल सँगै कृष थापा र नायिका केकी अधिकारी देखिन्छन् ।
भिडियो को निर्देशन विकी पुलामीले गरेका छन् । गीतको म्यूजिक भिडियो ओएसआर डिजिटलले सार्वजनिक गरेको छ । ताप्लेजुङको दोखुमा जन्मिएका लेखक पुष्कर बराल अमेरीकामा रहेर पनि गीत, गजल सहितका साहित्यमा निरन्तर सक्रिय छन् ।