कोरोना रोकथामबारे सिंहदरबारमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । कोरोना संक्रमण रोकथामको तयारी र रणनीतिबारे छलफल गर्न सरकारले सर्वदलीय बैठक बोलाएको छ। उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरुलाई बैठकमा बोलाएका छन्।

बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्दैछ। कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनुपर्ने तत्कालीन र दीर्घकालीन उपाय र रणनीतिबारे छलफल गर्न बैठक बोलाएको उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेले अन्‍नपूर्ण अनलाइनलाई बताए।

पोखरेल कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समन्वय समितिका संयोजक पनि हुन्। समितिमा स्वास्थ्य, गृह, रक्षा, पर्यटनलगायत विभिन्न नौ मन्त्रालयको प्रतिनिधित्व छ।

Back to top button